काठमाडौं । टीभीएस मोटोसोल २०२४को १२५सीसी स्कुटर डर्ट रेसको उपाधि वर्षा बस्नेतले हात पारेकी छिन् । टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रियस्तरको मोटरसाइकल महोत्सव हो । ‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिंग’, भन्ने नारासहित आयोजित यो महोत्सवको यो चौथौं संस्करण हो ।
महोत्सवको यस चौथौँ संस्करणले मोटरसाइकल राइडिङ, थ्रिलिङ रेसहरू, नवीनतम कस्टम मोटरसाइकल सार्वजनिक कार्यक्रम, तथा राइडिङ संस्कृतिको विविध पाटोहरूलाई उत्सवका रुपमा मनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । यस महोत्सवले मोटर स्पोर्ट्सका नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउने थलोको रूपमा आफूलाई स्थापित गर्र्दै गइरहेको छ । वर्षा बस्नेतको यस अद्वितीय सफलताले नेपाललाई अन्तर्राष्ट्रिय मोटरस्पोर्ट्सको नक्शामा झन् मजबुत रूपमा प्रस्तुत गरेको छ । टिभिएस मोटोसोलको चौथो संस्करणमा सहभागी भई, उनले आफ्नो साहस, प्रतिबद्धता र कौशल प्रदर्शन गर्दै नेपाली युवाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् । टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै जाने आयोजकले जनाएको छ ।