काठमाडौं, असार २९
कुमारी बैंक लिमिटेडले साबिकको देवः विकास बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुभारम्भ गरेको छ । कुमारी बैंकको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साबिकको देवः विकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अप्रा)ले संयुक्तरूपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गरेका हुुन् ।
बैकका अनुसार यस नयाँ कार्यथालनीपश्चात् कुमारी बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल दुुई सय १६ पुुगेको छ भने एटीएम संख्या एक सय ३८ पुुगेको छ । एकीकृत कारोबार पश्चात बैंकको कुुल निक्षेप एक खर्ब २४ अर्ब रुपैयाँ र कुल कर्जा प्रवाह एक खर्ब १२ अर्ब रुपैयाँ पुुगेको छ । एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी भने १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । एकीकृत कारोबारपश्चात् बैंक पहिलेभन्दा सबल र आगामी दिनमा बैंकका शाखा/एटीएम विस्तारित तथा बैंकिङ सेवा सुविधा अझै उत्कृष्ट र ग्राहकमुखी हुँदै जानेमा बैंकले प्रतिबद्ध रहेको जनाएको छ ।