काठमाडौं । हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरू सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो नयाँ उत्पादनहरू एक्स्ट्रिम एक सय २५ र एक्स्ट्रिम एक सय ६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो । यी दूवै नयाँ बाइकहरू मङ्सिर २६ मा, गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरूले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ । सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रष्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । सहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।