काठमाडौं । नेपाली विद्युतीय सवारीसाधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेगको पोखरामा लञ्च गरेको छ । यस्तै, कम्पनीले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ ।
पोखरामा एक्सपेङको लञ्चले नेपालमा यसको उपस्थिति थप विस्तार गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले पहिलो चरणका ग्राहकलाई पाँच वटा जी६ एसयुभी पनि हस्तान्तरण गरेको छ । लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, यसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । जी६ले विश्वकै उच्च सुरक्षा परीक्षण इ–एनक्यापमा पाँच स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० संरचना, नियमित ओटीए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भी सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ । जी६ को मोटर पावर एक सय ९० किलोवाट र टर्क चार सय ४० एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित चार सय ३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ–कास्ट बडी र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन् ।