काठमाडौं । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड ‘टिओएफ टाइगर्स लज नेचुरिलस्ट’बाट सम्मानित भएकी छन् । परम्परागतरूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तीकरणमा पु¥याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो ।
अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले यस वर्षको अवार्ड हात पारेकी हुन् । उनलाई हालै भारतको नयाँदिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उनी यो अवार्ड पाउने एक मात्र महिला हुन् । २०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी अलिना २०२१ देखि बाराही जंगल लजमा काम गर्न थालेकी हुन् ।