काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको आत्मघाती आक्रमणमा तालिवानका शरणार्थी मन्त्री खलील रहमान हक्कानीको मृत्यु भएको छ । हक्कानी प्रार्थनाका लागि बाहिर निस्केका बेला शरणार्थी मन्त्रालयमा आक्रमण भएको थियो । जसमा चार अंगरक्षकको पनि मृत्यु भएको छ ।
आक्रमणको समयको बारेमा हालसम्म जानकारी प्राप्त भएको छैन । सञ्चार माध्यमहरुका अनुसार खलील हक्कानीका भतिजा अनस हक्कानीले काकाको मृत्यु भएको पुष्टि गरेका छन् । हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । तर, केही मिडिया रिपोर्टहरूमा आतङ्कवादी समूह आईएसआइएस–केमा शंका उठाइएको छ ।
इस्लामिक स्टेट खोरासान (आईएसआईएस–के) सिरिया र इराकमा सक्रिय आतङ्कवादी समूह आईएसआईएसको क्षेत्रीय शाखा हो ।