काठमाडौं । महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र स्थापना गरेको छ । बैंकले ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने नीतिबमोजिम डिजिटल भुक्तानी केन्द«मार्फत विभिन्न अनलाइन भुक्तानीसम्बन्धी सेवा सुरु गरेको हो ।
सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरूको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विद्यार्थीहरूको आवेदन तथा अध्ययन शुल्क, पीटीई, स्याट, युएसएमएलई, जीआरई, एसीसीएजस्ता कोर्सहरूको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिनेछ । यस किसिमको सेवाको शुभारम्भसँगै ग्राहकहरूको नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहनाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।
यसअघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोगप्रति बैंक सधँै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।