काठमाडौं । हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम एक सय ६० आर फोरभी र एक्स्ट्रिम एक सय २५ आर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार एक्स्ट्रिम एक सय ६० आर फोरभी (प्रो) को मूल्य नेपालमा तीन लाख ८४ हजार नौ सय रुपैयाँ र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार नौ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम एक सय १० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ । एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीको दाबी छ । हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स दुई सयजस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।
एक्स्ट्रिम १६० आर फोरभी
कम्पनीका अनुसार एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले आठ हजार पाँच सय आरपीएममा १६ दशमलव नौ पीएस पावर र छ हजार पाँच सय आरपीएममा १४ दशमलव छ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले शून्यदेखि ६० किमी÷घण्टा मात्र चार दशमलव ४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ । यसलाई अझ उच्चस्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्सनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्छ । केवल एक सय ४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ ।
एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटसहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ । प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पिडोमिटर, गियर पोजिसन इन्डिकेटर र कल÷एसएमएस अलर्टलगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ ।