बुवा डाक्टर सुरेन्द्रप्रसाद सिटौला र आमा अधिवक्ता शुभद्रा सिटौला उप्रेतीको कोखबाट काठमाडौको मालीगाउँमा २०४५ सालमा जन्मिएका अस्मिन सिटौला उद्यम र शिक्षा क्षेत्रका एक हितकारी व्यक्तित्व मात्र होइन समाज सेवा अभियानका एक निरन्तर यात्री पनि हुन । उनले शिक्षा, उद्यम र समाजसेवाका क्षेत्रमा थुप्रै पसिना बगाउनुका साथै लगानी गरेका छन् ।
वुवाको विरासतलाई सम्हाल्दै ब्यवसायीक कर्म अगाडि बढाउनर त्यो कर्मबाट सिर्जित उपलब्धिलाई समाज सेवामा जोडदै युवा उद्यमी बन्न सफल भएका अस्मिन समाजका एक असल युवा उद्यमी हुन । देशमा व्याप्त बेरोजगारी समस्या बढि रहेको, अध्यन र रोजगारीकै लागी लाखौ खर्चेर नेपाली विद्यार्थि विदेश पलाएन भैरहेको बेला मेहनत र लगानी गरे स्वदेशमै मनग्य आय आर्जन गर्न सकिन्छ भन्ने आमा वुवाको भनाईलाई सार्थक बनाउन निरन्तर लागि रहेका अस्मिन समाजका एक सफल उद्यमी हुन । उनले गरेको कर्मले केहि न केहि अर्थतन्त्रमा योगदान दिएको छ, समाजमा कतिपयको रोजिरोटी चलेको छ, कतिपयको जीबनमा शैक्षिक उन्नती भएको छ । उनले उद्यममा लगाएको लगन, बनाएका योजना, शिक्षा क्षेत्रमा चालेका दृढ पाइला, मुलुकभित्रै केहि गर्नुपर्छ भन्ने इच्छा शक्ति सहितको प्रतिबद्धता र दरिलो बिश्वास सहितको लगानी एवं समाजलाई गरेको योगदान सबैले गर्ब गर्न लाएक छ । जीबन यात्रामा आई पर्ने साना तिना आरोह अवरोहलाई वास्ता नगर्ने अवसर र चुनौतीलाई चिनेर होसियारीकासाथ अगाडी बढने सिटौला शैक्षिक र ब्यबसायीक गतिबिधि मार्फत समाज परिवर्तन गर्नुपर्छ भन्ने समृद्धिका आकाँक्षी हुन ।
यही आकाँक्षा साकार पार्न उनी सन २०१५ देखि हालसम्म बाम्मती बोर्डिङ सेकेण्डरी स्कूलको निर्देशक भएर त्यसको श्री बृद्धिमा लगि रहेका छन् भने सन २०१६ देखि २०२४ सम्म जापानको माउन्ट फुजी स्ट्रिङस् कम्पनिसँग एभरेष्ट वाटर प्रोजेक्टमा ढुवानी तथा बजार बिक्रिवितरण प्रमुख भएर काम गरहेका थिए । त्यसैगरी उनले सन २०१६ मा आई.डी. कन्ट्रक्सन प्रा.ली.को अध्यक्ष भएर समेत आफ्नो भुमिका निर्बाहा गरेका छन् । समाज सेवाका जति काम गर्यो उति आनन्द मान्ने अस्मिनले २०१९ फ्रेवरी ४ मा उद्यमसिल काँग्रेसको सभापति भई साना उद्यमिका लागि वित्तिय शिक्षा कार्यक्रम अन्र्तगत निक्कै पटक कार्यक्रम सञ्चालन गरेका छन् । सेयर कारोवारमा सुरुवाती लगानीकर्ताका लागि तालिम सञ्चालक भएर समेत समाज सेवाका काम गरेका छन् । मानिसलाई दुख परेको बेला सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने सिटौलाले कोभिडका बेला कामनपा ८ का पिडित नागरिकलाई आफ्नै ब्यबस्थापनमा राहत वितरण कार्यक्रम सञ्चालन गरेका थिए । आईसोलेसनमा बसेका कामनपा ३० वडाभित्रका नागरिकलाई २० सिलिण्डर अक्सिजन, ५० बण्डल भन्दा बढी माक्स र ५ वटा अक्सिजन कन्सर्नट्रेटर पनि वितरण गर्नुभएको थियो । प्रत्यक्ष राहत वितरण गर्ने कुराको महत्व छँदैछ त्यसबाहेक उनले सामाजिक सञ्जाल मार्फत प्रेणादायी सामाग्री प्रवद्र्धन र प्रसारण गरी सबैलाई यस्ता कार्यमा लाग्न प्रेणा र सन्देश प्रबाह समेत गरेका थिए ।
त्यसैगरी उनले २०२४ अक्टोम्वरमा एल्पाइन मिनरल प्रा.ली.को अध्यक्ष भएर काम गर्दै उद्यममा आफुलाई जोडदै युवा उद्यमिको पहिचाहन समेत बनाएका छन् । विविध आयाममा आफुलाई स्पातिलो बनाउन चाहने अस्मिनले समाजसेवा अन्र्तगत तत्कालिन साँसद तथा अर्थमन्त्रीसँग पूर्ण बजेट तथा अन्तरकृया कार्यक्रम सञ्चालन गरेका थिए भने कपनको सवदाह गृहमा सार्बजनिक सौचाकलय सहितको किरियापुत्री भबन निमार्ण गरी माननीय साँसद गगनकुमार थापाको उपस्थितिमा त्यसको ब्यबस्थापन समितिलाई हस्तान्तरण गरि दिएका थिए । उनले मन्दिरको सुरक्षार्थ टुडिखेल स्थित महाकाल भैरव मन्दिर परिसरमा सिसीटिभि क्यामेरा जडान गरी दिएर धर्म र सम्पदाप्रतिको मायाँ झल्काएका थिए । समाजसेवामा दिलचस्वि रहेका आस्मिनले आफ्नै ब्यत्तिगत सहयोग र अन्य संस्थाहरुको समेत सहयोग जुटाएर असक्त गरिबहरुलाई आर्थिक सहयोग गर्ने, मेहनती तर आर्थिक कारणले पढन नसक्ने गरिब जेहेन्दार बिद्यार्थीहरुलाई व्यक्तिगत सहयोग र आफ्नै संस्थाबाट छात्रबृद्धि दिलाएर पढाई दिने लगायत विभिन्न किसिमका सामाजिक सरसहयोग गरीदिने काम उनले गर्दै आएका छन् । यो उनको युवा उद्यमका रुपमा समाजप्रतिको जिम्मेवारी बोध र सदभावपूर्ण कर्म हो ।
उनले आफु सञ्चालक भएको संस्थामा विभिन्न ब्यक्तित्वलाई निमत्याएर विद्यार्थिले बनाएका विभिन्न आविस्कारका प्रर्दशनि गर्ने, अन्र्तकृया र खेलकुदका कार्यक्रम गर्ने, स्कूलमा राम्रो नतिजा ल्याउँदा बधाई तथा शुभकामना कार्यक्रम गर्ने कामहरु समेत उनकै सक्रियतामा भैरहने गरेका छन । यस्तै सन्दर्भमा स्कूलले बोर्ड टप गर्दा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार वितरण र शुभकामना समेत दिएको इतिहाँस छ । उनले युवा उद्यम मार्फत मुलुकको अर्थतन्त्रमा र समाजसेवामा योगदान गर्दै आएका छन् । उनी २०६५ सालदेखी शिक्षा क्षेत्रमा पनि उतिकै कृयाशिल रहेका छन् । उनले शिक्षामा दक्ष जनशत्ति उत्पादन गर्ने र युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न धेरथोर योगदान दिईनै ररहेका छन् । यो उनको उदेश्य नै हो । जसका कामले आम शिक्षलाई प्रेरणा दिनसक्छ । उनले स्कुले जीबनदेखि डिग्री गर्दा सम्मै परिक्षामा राम्रो अंक ल्याउन र राम्रो पोजिसनमा कक्षा उत्रिर्ण गर्न पढाईमा मेहनत गर्ने बाहेकका कुनै चुनौतिको सामना गर्न नपरेकोे देखिन्छ । उनले ारम्भिक शिक्षादेखि प्लस टु सम्मको शिक्षा अहिले उनले अध्यापन गरिरहेको बाग्मती बोर्डिड. स्कूलबाटै लिएका थिए भने स्नातक र स्नातकोत्तर त्रिभुवन बिश्वविद्यालयबाट लिएका छन् ।
समय बलवान हुन्छ भने झै उनले आफैले बिद्यार्थीकोरुपमा पढेको स्कूलमै पढाउने, ब्यबस्थापन गर्ने र प्रशासक बन्ने अवसर पाएका छन् । प्लस टु सक्ने बित्तिकै पढन बिदेश जाने र उतै रोजगारी गर्ने जाने ट्रेन नै बसेको हाम्रो समाजमा उनले मेहनत गर्दा यहि नै प्रसस्त गर्न सकिन्छ, रोजगारी पाईन्छ, आफैले पनि रोगजारी सृजना गर्न सकिन्छ भन्ने उदाहरण मात्र दिएका छैनन् आफैले अध्यापन गरेर मुलुकलाई दक्ष जनशत्ति समेत उत्पादन गराई दिन सकिन्छ भन्ने सन्देश पनि दिएका छन । यो उनको पौरख र गौरबपूर्ण कर्र्म हो । शिक्षा, उद्यम र समाजसेवाको क्षेत्रबाट जीबन बदल्न अहोरात्र खटिएका अस्विन सिटौला गरीब र कमजोर मानिसको जीबन, समाजको अबस्था, मुलुक चलाउनेहरुको सोच र प्रशासनिक अवस्था हेर्दा दिक्क लाग्दो भएको बताउँछन । समय र जीबन गतिशिल हुन्छ, यसैका कारण मान्छेले आफुलाई गतिवान बनाउँछ पनि । सँगैका कतिपय साथीभाई बिदेशतिरै हराएका छन, तर उहाँले स्वदेशी माटोमै आफ्नो पसिना बगाएर मोती फलाएका छन् । उनले पढाएका थुप्रै विद्यार्थीहरुले मुलुकका बिभिन्न क्षेत्रमा उच्च ओहोदामा रहेर काम गरिरहेका छन्, बाग्मतीलाई गुणस्तरीय शिक्षा आर्जनको मन्दिर बनाएका छन् । पुस्तकहरु लेखि लेखन क्षेत्रमा योगदान दिएका छन् । स्वाभिमानी र कुसल युवा उद्यमी बनेका छन् । यो सबैका लागि प्रेणादायी काम हो । उनका यि कर्मले, उद्यमले निरन्तरता पाउन, उनको सक्रियताले धेरैभन्दा धेरै मानिसहरुले मुलुकमै रोजगारी पाउन, राष्ट्रिय अर्थतन्त्रलाई उनको उद्यमले थप योगदान गरोस अग्रिम शुभकामना ।