काठमाडौं । नेपाल बैंक लिमिटेडको गोलबजार शाखाको भवन उद्घाटन भएको छ । सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट बैंकिङ कारोबार गर्ने गरीे मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरूपमा गोलबजार शाखाको विधिवत् समुद्घाटन गरेका हुन् । नेपालको पहिलो बैंक समेत रहेको यस बैंकले देशका विभिन्न स्थानमा रहेको आफ्नो जग्गामा आवश्यकताको आधारमा भवन निर्माण गरी कारोबार सञ्चालन गर्ने नीतिअनुरूप निर्माण भएको यस भवनबाट ग्राहकहरूले सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
बैंकले हाल दुई सय २९ वटा शाखा, ५९ एक्सटेन्सन काउन्टर र दुई सय चार वटा एटीएम काउन्टरमार्फत सेवा दिँदै आएको छ । आगामी दिनमा ग्राहकलाई सरल, सहज एवम् उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न यस बैंक कटिबद्ध रहेको छ ।