काठमाडौं । जाडो यामलाई लक्षित गर्दै नयाँ विन्टर प्रोडक्ट्सहरू सार्वजनिक भएका छन् । कम्पनीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, एसी इत्यादि प्रोडक्टहरू बजारमा सर्वत्र उपलब्ध गराइएको छ ।
जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरी ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै, मोटरमा १० वर्षको वारेन्टी भएको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने छ । सीजी मेरिडियाको गिजरको प्रयोग गरी तातो पानीले नुहाउन सकिन्छ । कम्पनीले आफना विन्टर प्रोडक्ट्सहरू वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्यास गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।