काठमाडौं, असार ३०
रुरू जलविद्युुत् कम्पनीले आठ करोड ९६ लाख ९५ हजार दुुई सय २० रूपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता अंंकित मूल्य एक सय र एक सय २० रूपैयाँ रहने गरी कुुल आठ १५ हजार चार सय ११ कित्ता साधारण सेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले निष्काशन गर्न लागेको कुुल साधारण सेयरमध्येमा १० प्रतिशत अर्थात् एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको चार लाख सात हजार सात सय पाँच कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताको लागि र बाँँकी चार लाख सात हजार सात सय छ कित्ता एक सय २० रूपैयाँ अंकित मूल्य कायम रहने गरी सर्वसाधारणमा बिक्री हुुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।