काठमाडौं, असार ३० माउन्टेन इनर्जी नेपाल लिमिटेडको ३९ करोड ३६ लाख पाँच हजार चार सय रुपैयाँबराबरको साधारण सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निष्काशनको लागि अनुुमति दिएको हो । उक्त अनुुमतिअनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताको लागि १९ लाख ६८ हजार २७ र सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।