काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल भारतमा हुन लागिरहेको अटो एक्स्पो—दि मोटर शोमा सहभागी हुने भएको छ । माघ ४ देखि ९ गतेसम्म सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफेक्चरर्स (स्लम)को पहलमा हुन लागेको उक्त शोमा नाडा सहभागी हुन लागेको महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । भारतको नयाँ दिल्लीको भारत मण्डपम्मा संलग्न सेडयुलबमोजिम भारत मोबिलिटीअन्तर्गत अटो एक्सपो—दि मोटर सो २०२५ सम्पन्न हुन लागिरहेको हो ।