काठमाडौं । धादिङकी शोभा पाठकलाई राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं जिल्ला अदालत परिसरबाटै सोमबार दिउँसो उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको जानकारी दिए । नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएकी छिन् ।