काठमाडौं,शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ५१ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने दुई दशमलव ९५ अंकले उकालो लागेर २६ सय ३३ दशमलव ८७ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले उकालो लागेर चार सय ५१ दशमलव ६६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको ५३ हजार नौ सय ५७ पटकको कारोबारमा ८९ लाख ३९ हजार तीन सय ४८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ३४ करोड ३२ लाख ३४ हजार सात सय ४० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, लगानी, जीवन बीमा, उत्पादनमुलक र सामुहिक लगानी कोष उपससमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।