काठमाडौं, असार ३०
लक्ष्मी बैंकले राजविराजको जिल्ला अदालतमा पनि एक्सटेन्सन काउन्टर खोलेको छ । वित्तीय पहुँच विस्तार गर्ने क्रममा बैंकले आफ्नो पाँचौँ एक्स्टेन्सन काउन्टर राजविराजको जिल्ला अदालतमा सञ्चालनमा ल्याएकोे जानकारी दिएको छ । यो शाखामार्फत बैंकंले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यो नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा एक सय २१ शाखा, पाँच वटा एक्स्टेन्सन काउन्टर, चारवटा हस्पिटल सेवा काउन्टर, एक सय ५१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।
यो शाखाको साथ लक्ष्मीले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रियरूपमा सेवा विस्तार गर्दै आएको छ । यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकहरूलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।