काठमाडौं । नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यका साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर पुस एक गतेदेखि फाल्गुन २९ सम्म लागू हुनेछ । यस अफरअन्तर्गत नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी हरेक बुधबार, नमस्ते पेमार्फत उडान टिकट खरिद गर्ने ३० यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै एक सय ५० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना एक जना भाग्यशाली उडानकर्ताले लक्की ड्रमार्फत आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।
क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ प्रयोगकर्ताहरूले नमस्ते पेमार्फत जति धेरै लेनदेन गर्नेछन्, उति नै धेरै क्यासब्याक पाउनेछन् । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जसअनुरूप एस्ट्रिक पाँच ह्यास डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्छन् ।
रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानीजस्ता सेवाहरू अफलाइन उपलब्ध छन् । नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले युएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्छन् ।