काठमाडौं । नेपाल एसबीआई बैंक र रेडिसन होटेल काठमाडौंबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र रेडिसन होटेल काठमाडौंका निर्देशक (खाद्य तथा पेय पदार्थं) केदार पाण्डेले आदानप्रदान गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले हाल एक सय वटा शाखा, २२ एक्सटेन्सन काउन्टर, सात वटा प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २१ वटा एटीएम र एउटा कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।