काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा छ दशमलव ७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।
कम्पनीका अनुसार ४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिटै चार्ज गर्न सकिन्छ । साथमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई एक चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्यान्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई एक मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ । ३८ प्रकारका चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङका साथै उच्च सुरक्षा पनि प्रदान गर्ने जनाइएको छ । सात दशमलव ७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रिन र लेदर ब्लु रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ ।
रियलमी सि ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेषरूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ । यसमा ४+४ जीबीको डाइनामिक ¥याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको छ । रियलमी सी ६३ मा एआई बुस्ट प्रविधि रहेको छ । स्मुथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहजरूपमा स्विच गर्न मद्दत गर्छ भने गेम बुस्टले गेमिङको स्थिरतामा १० प्रतिशत सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।
रियलमी सी ६३ मा ५० मेगापिक्सेलको एआई क्यामेरा रहेको छ । साथमा आठ मेगापिक्सेलको सोनी आईएमएक्स तीन सय ५५ अल्ट्रा–वाइड–एंगल लेन्सले वाइड फिल्ड अफ भ्यु प्रदान गर्दछ । यसमा नाइट मोड, म्यानुअल मोड, पानोरामा, पोट्रेट मोड, टाइम–ल्याप्स, स्लो मोसन, क्युआर कोड र गूगल लेन्स जस्ता फिचरहरू पनि समावेश रहेको छ । साथै, ७२० पिक्सेलको भिडियो ३० एफपिएसमा पनि यसको क्यामराले खिच्न सक्छ । रियलमी सि ६३ मा एयर जेस्चर प्रविधि रहेको छ, यसले प्रयोगकर्ताहरूलाई फोन नछोइकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ ।
आईपी ५४ वाटर रेजिस्टेन्ट रेटिङको प्रमाणपत्र प्राप्त गरेको रियलमी सी ६३ स्प्ल्यास–प्रुफ र डस्ट–प्रुफ छ । रियलमी सि ६३ ५ लाख पटक पावर बटन थिच्ने परीक्षण, २० हजार पटक चार्जिङ पोर्ट परीक्षण र ड्रप टेस्टजस्ता कडा परीक्षणहरूबाट प्रमाणित भएको छ । यस्तै, रियलमी सि ६३ ले डुअल सिम मोड सपोर्ट गर्दछ । साथै, पाँच गिगाहर्जको वाइ–फाइ, ब्लुटुथ ५.० सहित जीपीएस, ग्लोनास, बिडिएस र ग्यालिलिओलगायतका नवीन नेभिगेसन फिचरहरू पनि यस स्मार्टफोनमा उपलब्ध छन् । एन्ड्रोइड १४ मा आधारित रियलमी सी ६३ मा रियलमी युआई समावेश रहेको छ । विभिन्न कस्टोमाईजेसन र प्राईभेसी अप्सनहरूको सुविधाका साथ प्रयोगकर्ताको अनुभवलाई फरक बनाउने कम्पनीले जनाएको छ । यो फोन १४ हजार ४९९ रुपैयाँमा जेड ग्रिन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।