काठमाडौं । एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्तरूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रमका माझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए । सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पु¥याएकाले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायतको विभिन्न सम्मान पाइसकेको छ ।
एनसेलले स्थापनाकालदेखि गत आव २०८०÷८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा तीन सय अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको छ । गत आवमा मात्रै कम्पनीले २० अर्ब ३० करोड रुपैयाँ कर तथा शुल्कहरू सरकारलाई दाखिला गरेको छ ।