काठमाडौं । नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले महान क्रिकेटर ब्रायन लाराको सम्मानमा विशेष मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा चाङ्गान नेपालले राजधानीको याक एन्ड यति होटलमा आइतबार साँझ सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा क्रिकेट लिजेन्ड ब्रायन लाराले क्यानका सचिव तथा डिपल इभिजका ब्रान्ड एम्बेसर पारस खड्का र नेपालमा डिपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा डिपलको क्रिकेट ब्याट हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू सुनाएका थिए । नेपालमा बढिरहेको क्रिकेटको उत्साहलाई मनाउन र जारी नेपाल प्रिमियर लिगको प्रवद्र्धनका लागि नेपालमा उपस्थित लाराको सम्मानमा कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डीपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।