काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ९५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव ६० अंकले ओरालो लागेर २६ सय २८ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि एक दशमलव ५३ अंकले ओरालो लागेर चार सय ५० दशमलव १२ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ४८ हजार चार सय २१ पटकको कारोबारमा ८१ लाख ४७ हजार तीन सय २० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २७ करोड ८२ हजार पाँच सय ७५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।