काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका थिए ।
ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।
जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एकरएक विकेट झारेका थिए । जवाफी व्याटिङमा उत्रिएको जनकपुरले ८ विकेट गुमाएर जित निकाल्न सक्यो । जनकपुरका लागि जेमी निशमले सर्वाधिक महत्वपूर्ण ४५ रन बनाउदा लोअर अडरमा आएका शेर मल्ले फिनिसिङ नटआउट १६ रनको पारि खेली टिमलाई जित दिलाए । टिममा उनीहरुसँग अन्य ब्याटरहरु हर्स ठाकर १७, मयन यादव १४,आकाश त्रिपाठी १३ रन बनाउँदा अरु कुनै पनि व्याटरले राम्रो दोहोरो रन जोडन सकेनन् । कर्णालीका लागि विपिन शर्मा ३ विकेट,सोमपाल कामी ,जिसान मक्सुँद र विलियम बसिस्टो ले समान १/१ विकेट लिए । विजेता टिम जनकपुरले शनिबार सुदुर पश्चिम रोयल्ससँग फाइनल खेल खेल्ने छ ।