अत्तरिया (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले पार्टीले समसामयिक विषयमा धारणा राख्न बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।
उनले भने, “सहकारी ठगीबाट लाखौँ जनता पीडित भएका छन्, थोरै पुँजी भएका जनताको थोरै–थोरै रकम सुरक्षाका लागि जम्मा गर्ने माध्यम सहकारी हो, तर यहाँ सहकारीका कारण अर्बौं रुपैयाँ अपचलन भएको छ, सत्य तथ्य छानबिन गरी कारबाही हुनुपर्छ ।”
उनले सहकारीको रकम ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताउदै देशमा रोजगारीको अवसर नहुँदा विदेशिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । उनले आफ्नै देशमा रोजगारीको अवसर सृजना गर्नेतर्फ सरकार उद्यत हुनुपर्ने बताए । सङ्घीयताले देशको अर्थतन्त्र कमजोर हुँदै गएको उनको आरोप थियो ।