काठमाडौं । सर्वोच्च अदालतले मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई रिहा गर्न आदेश दिएको छ । प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले संञ्चार माध्यमहरुलाई जानकारी दिएका छन्।