काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले शक्तिशाली अडियो, लामो समयसम्मको प्रदर्शन र मजबुत टिकाउपनाको सुनिश्चितता प्रदान गर्ने कम्पनीले बताएको छ ।
शाओमी साउन्ड आउटडोर स्पिकरले रेड डट डिजाइन अवार्ड जित्न सफल भएको थियो । यो स्पिकर तीन आकर्षक रङ्गहरू– ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको छ । ३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने जनाइएको छ । ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ ।
विशेषगरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आईपी ६७ रेटिंग पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धुलो र पानी प्रतिरोधी पनि रहेको छ । लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घन्टासम्म प्लेब्याक प्रदान गर्छ । साथै, यो केवल साढे दुई घण्टामा पूर्णरूपमा चार्ज हुनेछ । शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य छ हजार दुई सय ९९ रुपैयाँ रहेको छ ।