काठमाडौं । शिवम् सिमेन्टले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफामध्येबाट आठ दशमलव ५५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीको यही मंसिर २७ गते बसेको एक सय ३३औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको यही पुस २९ गते काठमाडौंमा वार्षिक साधारणसभा हुनेछ ।
हाल चुक्ता पुँजी पाँच अर्ब करोड दुई करोड ७० लाखको आठ दशमलव ५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख आठ हजार पाँच सय रुपैयाँ बराबर बोनस सेयर तथा चुक्ता पुँजीको शून्य दशमलव ४५ प्रतिशतले हुन आउने दुई करोड २६ लाख २१ हजार पाँच सय रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।