काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कुटरका आधिकारिक विक्रेता डेल्टा अटो कर्पले जाडो मौसमलाई न्यानो बनाउन हट डिल्स नामक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, भेस्पा र अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार पाँच सय रुपैयाँ छुट पाउनेछन् । ग्राहकले स्कुटरसँगै हुडी, स्कुटर कभर, हेलमेट र कि रिङ समेत उपहारस्वरूप प्राप्त गर्नेछन् । डेल्टा अटो कर्पले ग्राहकहरूको सहजरूपमा स्कुटर खरिद गर्नका लागि तुरुन्त फाइनान्स उपलब्ध गराउने व्यवस्था गरेको छ । साथै, पुरानो स्कुटरसँग नयाँको एक्सचेन्ज सुविधा पनि प्रदान गरिएको छ । कम्पनीका अनुसार यो योजना सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, त्यसैले ग्राहकहरूलाई यस अवसरलाई नगुमाउन आग्रह गरिएको छ ।