काठमाडौं । भक्तपुरको एक घरमा बाबु छोरा मृत फेला परेका छन् । सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा बाबु छोरा मृत फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका(२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्।
बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला परेको हो। उनीहरुसँगै बस्दै आएका कुलप्रसादका जेठा छोरा भने सम्पर्कबिहीन छन्। उनको खोजी भइरहेको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । रासस