काठमाडौं । सार्वजनिक सूचना जारी गरेकै आधारमा धितो लिलाम नभएपछि विकास बैंकहरूलाई पनि गैरबैंकिङ सम्पत्ति व्यवस्थापन पेचिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋण नियमित असुली नभएपछि धितोको लागि प्रयोग भएको चल–अचल सम्पत्ति लिलाम गर्छन् । तर, पछिल्लो समय अर्थतन्त्र सुस्त भएपछि कर्जावाला ग्राहकको चल–अचल सम्पत्ति लिलाम बिक्री हुने अवस्था छैन । यस्तो अवस्थामा धितो लिलामीको लागि सार्वजनिकरूपमा बोलकबोल आह्वान गर्ने संंस्थाले नै उक्त चल–अचल सम्पत्ति गैरबैंकिङ सम्पत्तिको रूपमा सकार गर्नुपर्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म विकास बैंकहरूले सकार गरेको गैरबैंकिङ सम्पत्ति (एनबीए) बढेर तीन अर्ब ६४ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ४२ लाख ८० हजार रुपैयाँँ बढी हो । गत वर्ष सबै विकास बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति दुई अर्ब ३८ करोड ५२ लाख ७० हजार रुपैयाँ थियो ।
२०८१ कात्तिक मसान्तसम्म महालक्ष्मी विकास बैंकको गैरबैंकिङ सम्पत्ति ५९ करोड ५२ लाख ४० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिमा महालक्ष्मीमा ५४ करोड ६५ लाख रुपैयाँँ रहेको थियो । क्षेत्रीयस्तरको नारायणी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति एक करोड ४२ लाख ८० हजार रुपैयाँँ छ । जुन गत आर्थिक वर्षमा शून्य थियो ।
साँग्रिला डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति गत कात्तिकसम्म ३० करोड सात लाख ३० हजार रुपैयाँँ छ । जुन गत वर्ष सोही अवधिमा २७ करोड ५९ लाख ६० हजार रुपैयाँँ थियो । एक्सेल र मितेरी डेभलपमेन्ट बैंकको गैरबैंकिङ सम्पत्ति पनि क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड २३ लाख ९० हजार रुपैयाँँ छ । गत वर्ष कात्तिकमा क्रमशः १५ करोड ७४ लाख ७० हजार रुपैयाँ र दुई करोड १६ लाख १० हजार रुपैयाँँ थियो ।
कात्तिक मसान्तसम्म मुक्तिनाथ विकास बैंकसँग ४३ करोड १६ लाख ५० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्ष कात्तिकमा २३ करोड ११ लाख ३० हजार रुपैयाँँ थियो । यसैगरी गरिमा विकास बैंकसँग २१ करोड ४७ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १८ करोड ७२ लाख ७० हजार रुपैयाँँ थियो । कामना सेवा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३५ करोड २१ लाख ४० हजार रुपैयाँँ छ । जुन गत वर्ष ३३ करोड ४४ लाख ४० हजार रुपैयाँँ थियो । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकसँग ११ करोड ९१ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष १० करोड ८१ लाख ७० हजार रुपैयाँँ थियो ।
विकास बैंकहरूमध्येमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ज्योति विकास बैंकसँग छ । ज्योति विकास बैंकसँग गत कात्तिकसम्म ८१ करोड ८८ लाख ३० हजार रुपैयाँँ गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि यस्तो सम्पत्ति १६ करोड नौ लाख ७० हजार रुपैयाँँ थियो । शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा गैरबैंकिङ सम्पत्ति बढेर १९ करोड ७५ लाख ४० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति नौ करोड तीन लाख ३० हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति घटेको छ ।
लुम्बिनीको गैरबैंकिङ सम्पत्ति १८ करोड ८० लाख १० हजार रुपैयाँँ रहेको छ । गत आवको सोही अवधिमा लुम्बिनीमा यस्तो सम्पत्ति २१ करोड ५८ लाख २० हजार रुपैयाँँ रहेको थियो । सिन्धु विकास बैंकमा भने पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर १३ करोड ६१ लाख ९० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सिन्धुमा यस्तो सम्पत्ति पाँच करोड ३० लाख ३० हजार रुपैयाँँ रहेको थियो । साल्पा विकास बैंकमा पछिल्लो समय गैरबैंकिङ सम्पत्ति बढेर २२ लाख २० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा उक्त बैंकको यस्तो सम्पत्ति शून्य रहेको थियो । सप्तकोशी डेभलपमेन्ट बैंकमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा गैरबैंकिङ सम्पत्ति बढेर १० करोड ६६ लाख ८० हजार रुपैयाँँ पुगेको छ । गत आवको सोही अवधिमा सप्तकोशीमा यस्तो सम्पत्ति २४ लाख ९० हजार रुपैयाँ रहेको थियो । ग्रीन डेभलपलेन्ट बैंकमा पनि पछिल्लो अवधिमा ५१ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ । गत आवको सोही अवधिमा यो बैंकमा यस्तो सम्पत्ति शून्य रहेको थियो ।