काठमाडौं । युनिलिभर नेपालको ब्रान्ड क्लोजअपले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ । क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठूलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरूलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।
भ्वाइस अफ नेपाल, आफ्नो सुरुवातकाल नै नयाँ र फ्रेस गायक–गायिकाहरूको प्रतिभा उजागर गर्दै उनीहरूलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरूमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । यो साझेदारीले नयाँ पुस्ताको प्रतिभा निखार्ने र संगीत क्षेत्रलाई थप ऊर्जाशील बनाउने मार्गहरू उजागर गर्ने जनाइएको छ ।