काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालयका उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका सचिव तथा निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेबाट कोषको मुख्य शाखा कार्यालय काठमाडौं उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्यहरू र कोषका कर्मचारीहरूको उपस्थिति रहेको थियो । हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरूलाई छुट्टै शाखामार्फत छिटो, छरितो र प्रभावकारीरूपमा प्रदान गर्ने उद्देश्यका साथ कोषको केन्द्रीय कार्यालय टंगालमा रहेको भवनको भुईँतल्लामा मुख्य शाखा कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राख्दै कोषका अध्यक्ष घिमिरेले कोषले आफ्नो काम कारोबारलाई ग्राहकमैत्री र पूर्ण व्यावसायिक बनाउनमा नयाँ शाखाले महत्वपूर्ण सघाउ पुग्ने आशा व्यक्त गर्दै नयाँ शाखाका कर्मचारीलगायत सिंगो कोष परिवारलाई बधाई ज्ञापन गरे । साथै, कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले शाखा कार्यालय स्थापना गर्नुको आवश्यकता, उद्देश्य र औचित्यताबारे प्रकाश पार्दै शाखा कार्यालय स्थापनाले एकातर्फ सेवा प्रवाह चुस्त हुन जाने र अर्कोतर्फ केन्द्रीय कार्यालय नीतिगत र सुपरीवेक्षकीय कार्यमा बढी केन्द्रीत हुन गई सुरक्षण योजनाहरूको विस्तार र प्रवद्र्धनमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।