काठमाडौं । इ–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको अंग्रेजी नयाँ वर्षको स्वागतार्थ १.१ न्यु इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यु इयर मेगा सेल बुधबारदेखि पुस २१ गतेसम्म चल्ने जानकारी दिइएको छ ।
मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्यास सेल डिलहरू र दुई करोड रुपैयाँ बराबरको भौचरहरू समेत उपलब्ध गराउने बताएको छ । यस्तै, कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत विभिन्न श्रेणीहरूमा चार हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भौचर उपलब्ध गराउने जनाएको छ । गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यु इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्टलगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभाराजस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ ।
मेगा सेलमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइजअन्तर्गत छ सय ९९ रुपैयाँ, नौ सय ९९ रुपैयाँ र एक हजार नौ सय ९९ रुपैयाँभित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् । दराजले यसका लागि नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर, ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् ।