काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७५ प्रतिशत व्याज छुट अभियान सञ्चालन गरेको छ । कम्पनीले यही पौष एक गतेदेखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५ प्रतिशतसम्म व्याज छुट योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरूमा आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने, आफ्ना ग्राहक र उहाँहरूको परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने, ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवद्र्धन गर्ने रहेको छ । कम्पनीले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिन र जीवनबीमाको महत्वलाई अझ प्रभावकारीरूपमा उजागर गर्ने लक्ष्य राखेको छ ।