काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । कम्पनीको २४ मंसिरमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा २८ पुसमा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई वितरणयोग्य सञ्चित खुद नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरबापत कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।