काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले छ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही पुस तीन गते बुधबार बसेको सञ्चालक समितिको दुई सय ८८ औँ बैठकले आर्थिक वर्ष २०८०÷८१ का लागि सेयरधनीलाई चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४८ को छ दशमलव ३५ प्रतिशतले हुन आउने आठ करोड ५८ लाख २३ हजार छ सय पाँच रुपैयाँ बराबर नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।