मोरङ । सुभाषश्री पोखरेललाई मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरिएको छ । उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले बिहीबार एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेशका सामाजिक विकास मन्त्री एवं सो विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राई, विश्व विद्यालयकाका पदाधिकारी, कर्मचारीलगायतको शपथ ग्रहण समारोहमा सहभागिता रहेको थियो । दुहवी नगरपालिका–५ का पोखरेललाई कोशी प्रदेश सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले पुनः चार वर्षका लागि उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।