काठमाडौं । अनलाइन ट्राभल एजेन्सी इसेभेनस्टार डटकमले ग्राहक लक्षित विशेष अफर ल्याएको छ । ‘आकाशमा भ्यालेन्टाईन्स’ अफरअन्तर्गत इ–सेभेनस्टार डटकम तथा सेभेनस्टार ट्राभल एन्ड टुर्समार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तव्यका लागि टिकट काट्ने ग्राहकहरूले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन् ।
यस अफरअन्तर्गत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रअरी १४, २०२५ को साँझ ५ बजेसम्म इ–सेभेनस्टार डटकम तथा सेभेनस्टार इन्टरनेसनल ट्राभल एन्ड टुर्समार्फत टिकट काट्ने ग्राहकहरूले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन्स डेको दिनमा गरिने फरक–फरक लक्की ड्रमा उपहारहरू जित्ने मौका पाउने भएका हुन् । यस योजनाअन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरूले इ–सेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसोरिज पाउने छन् भने हरेक महिना यति एयरलाइन्सको कुनै पनि गन्तव्यमा निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । भ्यालेन्टाइन्स डेमा गरिने लक्की ड्रमा भने एक जोडीले यति एयरलान्सनै चढेर माउन्टेन फ्लाइटमा जाने मौका पाउनेछन् ।