विराटनगर, असार ३१
उद्योग संगठन मोरङको महिला उद्यम समितिले विराटनगर कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयलाई १ थान भेण्डिङ्ग मेसिन हस्तान्तरण गरेको छ ।
उद्योग संगठन मोरङले विराट बहिरा माध्यमिक विद्यालयको कार्यवाहक अध्यक्षलाई सोमबार भेण्डिङ्ग मेसिन हस्तान्तरण गरेको हो । वर्तमान समयमा मानिसले आफूलाई स्वस्थ र सुरक्षित राख्न हरसम्भव प्रयास गर्नुपर्ने भएकोले उक्त मेसिन हस्तान्तरण गरिएको उद्योग संगठन मोरङले बताएको छ ।
उक्त अवसरमा महिला उद्यम समितिले महिलाहरुको उद्यमशीलता विकासमा मात्र आफूलाई केन्द्रित नगरी सामाजिक दायित्व समेत वहन गर्दै भेण्डिङ्ग मेसिन हस्तान्तरण गरी उदाहरणीय कार्य गरेको जानकारी गराएको थियो । महिला उद्यम समितिको संयोजक सन्तोष लुनावत जैनले महिला स्वास्थ्यलाई प्राथमिकता दिई भेण्डिङ्ग मेसिन हस्तान्तरण गरेको बताउँदै उक्त मेसिन उक्त विद्यालयमा अध्ययनरत छात्राहरुको प्रयोजनको लागि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरिन् ।
सो अवसरमा उद्योग संगठन मोरङको कार्यसमिति सदस्य एवं महिला उद्यम समितिको सल्लाहकार प्रतिभा रिजाल ओलीले छात्राहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न उत्प्रेरित गर्ने उद्देश्यले महिला उद्यम समितिले मेसिन हस्तान्तरण गरेको जानकारी दिइन् । उनले यसबाट महिला स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । विराट बहिरा माध्यमिक विद्यालय सञ्चालक समितिका कार्यवाहक अध्यक्ष मिना जोशीले उद्योग संगठन मोरङ महिला उद्यम समितिको सहयोगका लागि धन्यवाद दिँदै स्वास्थ्य सुरक्षाजस्तो सम्वेदनशील कुरामा मानवीय रुपले पु¥याएको सहयोगले ठूलो महत्व राख्ने बताइन् ।
कार्यक्रममा उद्योग संगठन मोरङका कोषाध्यक्ष नन्द किशोर राठी, कार्यसमितति सदस्यहरु सुरेन्द्र गोल्छा, विपिन काबरा, पारस लुनिया, महिला उद्यम समितिकी सह–संयोजक लिला रिजाल, सदस्य गिरीजा सारडालगायत विराट बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।