काठमाडौँ । १३२ औँ माओ दिवसको अवसरमा बिहीबार कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रममा सहभागी भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् ।

कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै उनलाई अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको उनले बताए । अहिले वैद्यको स्वास्थ्यमा सुधार रहेको उनले जानकारी गराए ।