काठमाडौँ, असार ३१ सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीका अनुसार सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्नको लागि कम्पनीले बोर्डसमक्ष आवेदन दिएको हो । हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड ६९ लाख ९८ हजार चार सय ५० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा सात करोड ६८ लाख ४२ हजार आठ सय ७० रुपैयाँ रहेको छ ।