काठमाडौं । त्रिशुली नदीमा एक सय मेघावटको विद्युत् निकाल्ने भनेर स्रोत नखुलेको रकम लगानीबाट सञ्चालित ब्लु इनर्जी कम्पनी लिमिटेडलाई नेपाल इन्भेस्टमेन्ट बैंकलगायत ग्लोबल आईएमई बैंक, कुमारी बैंक, हिमालय बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले फर्जी कागजातको आधारमा १२ अर्ब १८ करोड कर्जा स्वीकृत गरेका छन् । त्यसमाथि बैंकले १५ करोड रुपैयाँको बैंक ग्यारेन्टी समेत दिएका छन् ।
ती बैंकहरूले दिनै नमिल्ने ब्रिज ग्याप लोनबाट एक अर्ब रुपैयाँ दिइसकेको थाहा भएको छ । उक्त लोनमा भारतीय नागरिक बरुण सराफ र रामेश्याम सराफले व्यक्तिगत जमानत दिएका छन् । जुन कुरा सरासर गलत रहेको छ । विज्ञहरूका अनुसार गलत रहेको छ । विज्ञहरूका अनुसार भारतीय रिजर्भ बैंकको स्वीकृतिको व्यक्तिगत जमानत लिन पाइँदैन । ती दुईमध्येका एक जना राध्येश्याम सराफको निधन भइसकेको छ । उद्योग विभागका अनुसार ब्लु इनर्जी कम्पनीमा डोमिनियन इन्भेस्टमेन्ट कम्पनी हङकङ, ब्लु इनर्जी इन्डिया, याक एन्ड यति होटल, राधेश्याम सराफ, अरुणकुमार सराफ, रुण सराफ, शेखरकुमार राणा र विश्वरत्न शाक्य रहेका छन् । तीमध्ये डोमिनियन इन्भेस्टमेन्ट हङकङको लगानीकर्ता स्व. राधेश्याम सराफ र उनकी पत्नी रत्ना सराफ हुन् भने ब्लु इनर्जी कम्पनी इन्डियाका सेयर होल्डर अरुण सराफ र वरुण सराफ हुन् । होटल याक एन्ड यतिको लगानीकर्ता राधेश्याम सराफ र अरुण सराफ नै हुन् ।
ब्लु इनर्जी कम्पनीमा थप लगानीकर्ता भनिएका राधेश्याम सराफ, अरुण सराफ, वरुण सराफ भनिएका व्यक्ति पनि उल्लिखित कम्पनीका सेयर होल्डर नै हुन् । उनीबाट व्यक्तिहरूलाई दोहोरो लगानीकर्ता देखाएर भ्रमजाल छर्ने प्रयास मात्र भएको छैन कि डोभिनियन कम्पनीको लगानी ६० करोड लगानीको स्रोत पनि खुलेको छैन । उसको लगानीको नेपाल राष्ट्र बैंकमा लेखाङ्कन भएको छैन भने भारतीय कम्पनीहरूले विदेशमा लगानी गर्दा नेटवर्थको चार गुणासम्म लगानी गर्न पाउने व्यवस्था छ तर मात्र एक लाख भारतीय रुपैयाँको कम्पनीको ५५ लाख रुपैयाँ घाटामा रहेको छ ।
त्यस्तो कम्पनी ब्लु इनर्जी इन्डियाले मिल्दै नमिल्ने गरी १० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको देखाएर बैंकहरूलाई गुमराहमा पारेर लगानी गर्न लगाइएको छ । भारतीय नियमअनुसार बैंकिङ च्यानलबाट लगानी नल्याई भारतीय नागरिकहरू राधेश्याम सराफ, अरुण सराफ र वरुण सराफले गैरबैंकिङ च्यानलबाट अवैधरूपमा लगानी भित्र्याएको देखाइएको छ । त्यसैगरी बैंकहरूबाट कर्जा स्वीकृत गर्दा ब्लु इनर्जीको स्वीकृत लगानीकर्ताभन्दा फरक नाम देखाएको पाइएको छ । त्यसरी फरक नाम देखाइएकोमा सराफ इन्डस्ट्रिज मौरिसस, सराफ इन्डस्ट्रिज । अन्तर्राष्ट्रिय लगानीकर्ता, हाइरेक्टर्स अदर्श, फेन्ड एन्ड अदर्श भनिएको छ । त्यो भनेको के हो कतै खुलाइएको छैन । त्यसैगरी परियोजना लागतमा कुल लगानी १६ अर्ब २४ करोड देखाइएकोमा सुरुको खर्च आठ करोड ७५ लाख मालिकहरूको परियोजनामा भ्रमण खर्च नौ करोड ६० लाख, मालिकहरू आफैँले लिने शुल्क ३१ करोड चार लाख तथा भैपरी आउने खर्च भनी ७४ करोड रुपैयाँ देखाएर परियोजना लागत बढाइएको छ । उक्त लगानीमा भएको बेइमानीका बारेमा राष्ट्र बैंकमा समेत उजुरी परिसकेको तर त्यसलाई दबाउने प्रयास जारी रहेको थाहा भएको छ ।