काठमाडौं । फाइनान्स कम्पनीहरूमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निष्क्रिय कर्जा बढ्दै गएका कारण गैरबैंकिङ सम्पत्ति निरन्तर बढेको फाइनान्स कम्पनीहरूको वित्तीय विवरणमा देखिन्छ ।
गत कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत छ । यस्तै फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति दुई अर्ब २६ करोड १० लाख रुपैयाँ छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९४ करोड ९० लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिकमा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा आठ दशमलव ३७ प्रतिशत थियो भने गैरबैंकिङ सम्पत्ति एक अर्ब ३१ करोड २० लाख रुपैयाँबरबाबर थियो ।
गत कात्तिकमा नेपाल फाइनान्सको गैरबैंकिङ सम्पत्ति पाँच करोड ४४ लाख ३० हजार रुपैयाँबराबर छ । एक वर्षअघि नेपाल फाइनान्सको गैरबैंकिङ सम्पत्ति छ करोड ४२ लाख ८० हजार रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले कारबाही गरी व्यवस्थापन नियन्त्रणमा लिएको नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति शून्य छ । यसैगरी गत कात्तिकसम्म गोर्खाज फाइनान्सको गैरबैंकिङ सम्पत्ति ३८ करोड ९६ लाख रुपैयाँबराबर छ । गत वर्ष कात्तिकमा ४५ करोड २९ लाख ७० हजार रुपैयाँबराबर थियो । गुडविल फाइनान्सको गैरबैंकिङ सम्पत्ति ५८ करोड ५७ लाख ५० हजार रुपैयाँबराबर छ । गत वर्ष कात्तिकमा १० करोड ४५ लाख ६० हजार रुपैयाँ थियो । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको एक करोड ५३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष कात्तिकमा एक करोड ५६ लाख रुपैयाँ थियो । बेस्ट फाइनान्समा पनि ३० करोड ८१ लाख ३० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष कात्तिकमा २३ करोड ७९ लाख ३० हजार रुपैयाँबराबर थियो ।
प्रोग्रेसिभ फाइनान्सको गत कात्तिकसम्म ३४ करोड ४७ लाख ९० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि ११ करोड ९५ लाख १० हजार रुपैयाँ थियो । जानकी फाइनान्समा नौ लाख ७० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि पनि त्यति नै बराबर थियो । पोखरा फाइनान्सको गैरबैंकिङ सम्पत्ति आठ करोड १३ लाख रुपैयाँबराबर छ । गत वर्ष कात्तिकमा पोखरा फाइनान्सको गैरबैैंकिङ सम्पत्ति शून्य थियो । सेन्ट्रल फाइनान्समा पनि गत कात्तिकसम्म दुई करोड १८ लाख ८० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि एक करोड ६३ लाख ३० हजार रुपैयाँ थियो । मल्टीपर्पस फाइनान्स पनि हाल एक करोड १६ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि कात्तिकमा ८५ लाख ४० हजार रुपैयाँ थियो ।
समृद्धि फाइनान्समा भने पछिल्लो समय १० करोड ८८ लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । गत वर्ष कात्तिकमा नौ करोड ८७ लाख ४० हजार रुपैयाँ थियो । क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको अहिले दुई करोड तीन लाख ४० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन गत वर्ष कात्तिकमा पनि त्यति नै बराबर गैरबैंकिङ सम्पत्ति थियो । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको गत कात्तिकमा एक करोड २१ लाख ७० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । एक वर्षअघि गुहेश्वरीको गैरबैंकिङ सम्पत्ति थिएन । आईसीएफसी फाइनान्सको गैरबैंकिङ सम्पत्ति एक करोड ७६ लाख ७० हजार रुपैयाँ छ । जुन गत वर्ष कात्तिकमा ४२ लाख ७० हजार रुपैयाँ थियो । मञ्जुुश्री फाइनान्सको नौ करोड ३२ लाख १० हजार रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि दुई करोड ५९ लाख १० हजार रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार रिलायन्स फाइनान्समा पनि गत कात्तिमा १९ करोड ५९ लाख १० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ । जुन एक वर्षअघि १४ करोड २२ लाख ३० हजार रुपैयाँबराबर थियो ।