काठमाडौँ, असार ३१
नेको इन्स्योरेन्स कम्पनीले हालसम्म दुुई अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कोरोना भाइरस (कोभिड १९) को महामारीको समयमा पनि चालू आर्थिक वर्षको हालसम्म दुुई अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिएको हो । हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड १० लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २५ करोड १५ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यसैबिच नेकोले सञ्चालक समितिमा दुुई जनालाई नियुक्त गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार पछिल्लो पटक बसेको तीन सय ९४ औं सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनी समूहका तर्फबाट भानुभक्त पोखरेल र स्वतन्त्र सञ्चालककोरूपमा रत्नराज पाण्डेलाई सञ्चालकमा नियुक्त गरिएको हो ।