काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २९ गते बुटवलको वेस्टर्न एसियन होटलमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्तापुँजीमध्येबाट नौ दशमलव ५० प्रतिशतका दरले हुन आउने आठ करोड ९७ लाख १३ हजार तीन सय ५२ रूपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशतका दरले हुन आउने ४७ लाख २१ हजार सात सय ५५ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको एक अर्ब रूपैयाँ अधिकृत पुँजीलाई विस्तार गरी एक अर्ब २५ करोड रूपैयाँ पुर्याउने, संस्थाको जारी तथा चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रूपैयाँलाई वृद्धि गरी एक अर्ब तीन करोड ४० लाख ६४ हजार रूपैयाँ पु¥याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।