काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २३ औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही पुस २६ गते चितवनको सौराहस्थित होटल सेभन स्टारमा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्तापुँजीको नौ दशमलव ५० प्रतिशतका दरले हुन आउने १६ करोड २० लाख ८८ हजार सात सय १३ रूपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशतका दरले हुन आउने ८५ लाख ३० हजार नौ सय ८४ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
हाल एक अर्ब ७० करोड ६१ लाख ९६ हजार नौ सय ८२ रूपैयाँ चुक्तापुँजी रहेको संस्थाको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी एक अर्ब ८६ करोड ८२ लाख ८५ हजार छ सय ९६ रूपैयाँ पुग्नेछ ।