काठमाडौँ, असार ३१
कुमारी बैंक लिमिटेडले जोटा क्लब काठमाडौँ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ । संस्थाले समाजमा लैङिक भेदभाव, अत्याचार एवं हिंसाको विरुद्धमा आवाज उठाउनेलगायत महिलाहरूको हक अधिकारका सम्बन्धमा विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस सेवाउन्मुख संस्थाको मुख्य उद्देश्य महिला हकअधिकार, सशक्तीकरणका मुद्दा मामिलाहरूमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै उनीहरूकोे क्षमता अभिवृद्धि गर्दै लैजानु रहेको बैंकले जनाएको छ । यस संस्थाका प्रसंशनीय कार्यहरूको कदर र सम्मानस्वरूप उक्त सहकार्य गरिएको बैंकका पदाधिकारीले जानकारी दिएका छन् । बैंकको टंगालस्थित प्रधान कार्यालयमा एक संक्षिप्त कार्यक्रममाझ बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले जोटा क्लब काठमाडौँं नेपालकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम सात लाखको चेक हस्तान्तरण गरेका हुुन् ।
बैंकले हाल आफ्ना देशव्यापी दुुई सय तीनवटा शाखा सञ्जाल, एक सय ३८ एटीएम, १३ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ एकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिंदै आएको बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा अझै सेवामूलक तथा प्रभावकारी सेवा पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।