काठमाडौं । भक्तपुरको साँगामा लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण भएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका छन् ।
पाइलट र विमानमा सवार ६ जना यात्रु हेलिकोप्टरमा चरा ठोक्किए पनि सुरक्षित रहेको प्रवक्ता शेर्पाले बताए । चरा ठोक्किएका कारण मात्र पाइलटले हेलिकोप्टरलाई आकस्मिक अवतरण गर्नु परेको उनले बताए । उनका अनुसार विमानमा अन्य कुनै समस्या देखिएको छैन । विमानमा रहेका पाइलटसहित सबैजना सकुसल रहेका छन् ।