काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक २१ दशमलव १२ अंकले ओरालो लागेर २६ सय नौं दशमलव ५८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले ओरालो लागेर चार सय ४८ दशमलव ९९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय ७४ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वट उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।